दफा ८०
सैनिक अदालतको अध्यक्ष<br>
(१) सैनिक अदालतमा रहने अधिकृतहरू मध्ये वरिष्ठ अधिकृतले सैनिक अदालतको अध्यक्षता गर्नेछ ।
(२) सैनिक अदालतको अध्यक्षता गर्ने वरिष्ठ अधिकृतको अनुपस्थितिमा दफा ६७ को व्यवस्थाको अधीनमा रही निज पछिको वरिष्ठ अधिकृतले सैनिक अदालतको अध्यक्षता
गर्नेछ ।